मानिसको जीवनमा जीवन अपहरणमा परेको छ, मानवीयता अपहरणमा परेको छ, जीवनका सम्बन्ध र मूल्यहरू अपहरणमा परेका छन् ।यात्रा जिन्दगीको गर्दागर्दै आख्यानकृति अपहरणसम्म आइपुग्दा स्रष्टा भरतका सामाजिक चेतहरूले उपयुक्त र विस्तारित वाणी पाएको मलाई अनुभूति भएको छ। – सरूभक्त भरतकुमार श्रेष्ठका यी कथाहरू सनातन सामाजिक वेथिति तथा राज्यद्वारा हुँदै आएका वेवास्ताका कारण मानिसभित्र पलाउँदै गएका निराशा र कुण्ठाहरू हुन् । यी प्रत्येक कथा राज्यका लागि खबरदारी हुन् । लेखकहरू पुस्तौंदेखि यिनै दुःख र समस्यामाथि लेखिआइरहेका छन् तर तिनमा गरिनुपर्ने सुधारका लागि राज्यले नियम कानुन बनाएर पनि त्यसअनुसार चल्न समाजलाई बाध्य गर्न सकेको छैन । त्यसैले हरेक व्यक्तिको अधिकारको हनन् व्यक्ति वा समुदायबाटै युगौंदेखि भइरहेको छ । यो हाम्रो सामाजिक बिडम्बना हो र यी कथाहरू त्यसैको प्रतिरूप हुन् । – कृष्ण धरावासी मानव संवेदनाको साङ्गोपाङ्ग शब्दचित्र उतार्दै अन्तस्तल छुने गरी अन्तरकुन्तर नकेलाएसम्म उनको कलमले विश्राम लिनै मान्दैन । लेखकीय अन्तश्चेतनात्मक प्रवाह थेग्न नसक्दा विधागत कलेवरसमेत तन्किएर ‘कथोपन्यास’ बन्न पुगेको प्रतीत हुन्छ । समाजमा उभिएका हरेक मान्छेका पीडा, मर्म, वेदना, हाँसो, खुसी, सफलता, असफलता आदि समग्र पक्षलाई आफैले भोगेजस्तै गरी मर्मस्पर्शी तुल्याएर पाठकलाई मुग्ध तुल्याउन लेखक सिद्धहस्त देखिन्छन् । – कृष्णमणि पहारी |
Apaharan – Bharat Kumar Shrestha
Reviews
There are no reviews yet