Ajib Manchhe – Sita Ram Koirala

अविब मान्छे– सीताराम कोइराला

175

Availability: 5 in stock

SKU: Ajib Manchhe Categories: , Tags: ,

सीताराम कोइराला आख्यानमा कथाबाट झुल्केर अहिले संस्मरणात्मक निबन्धकारका रूपमा देखापरेका छन् । यिनका अब्बल दर्जाका संस्मरण पढ्ने सौभाग्य प्राप्त गरेँ । आफैले देखे भोगेका र जाने-बुझेका बाल्यकालीन स्मृतिविशेषलाई मीठो एवं सहज कलात्मक ढाँचा र सरल-सहज शैलीमा रचित संस्मरण वा यी आख्यानरहित गद्यरचनाको सङ्कलन पढ्दा लाग्छ उनका कथातात्त्विक वस्तुसघनताले यहाँ पनि संस्मरणको अङ्ग बनेर पछ्याइरहेको छ र अनुभूति स्मृतिविशेष जीवन्त बनेको छ । प्रस्ट छ सीताराम प्रस्तुत संस्मरणपरक निबन्धलेखनमा पनि रापिलो घाम नै हुन् । अतः कृति रोचक भएकाले पठनीय, मननीय र सङ्ग्रहणीय छ ।
– प्रा.डा. नारायणप्रसाद खनाल
सीताराम कोइराला एक प्रखर गद्य लेखक हुन् । साहित्यिक पत्रकारिता र समालोचनामा समेत उनको उल्लेखनीय योगदान रहेको छ । सरल भाषा र प्रवाहमय शैलीमा लेखिएको उनको प्रस्तुत संस्मरणात्मक कृति रोचक र पठनीय छ । उनको यो कृति साहित्यका पठन र लेखनमा अभिरूचि राख्नेका लागि प्रिय र उपयोगी हुने छ ।
रामबाबु घिमिरे
सीताराम कोइरालालाई जीवनको कलिलो उमेरदेखि नै लेखनकलाको हुटहुटीले जगाएको लेखक मान्छु म । आफू बाँचेको सेरोफेरोबाट दुःख पीडामय जीवन बाँचेका मान्छेका जीवनले संस्मरणकारलाई गहिरोसँग छोएको छ । यिनैका भोगाइलाई टिपेर उहाँले यस संस्मरणमा इन्द्रेणी रङ भर्नुभएको छ । यसको अध्ययनपछि पाठकहरूले आफ्नै बाल्यजीवनका सुन्दर दुनियाँमा शयर गरेको अनुभव गर्ने छन् ।
Ajib Manchhe – Sita Ram Koirala

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon