…र, खेमनाथ दाहालको कृति पढ्न थालेपछि शरीरका सुषुप्त रोम रोम जुर्मुराउन थाल्दछन्, मन उद्वेलित हुन थाल्दछ भने प्रयोगित शब्दहरूमा मस्तिष्क घोरिन बाध्य हुन्छ । गैरकाल्पनिक औपन्यासिक शैलीको प्रस्तुत कृतिमा लेखकले अमेरिका रहँदा आफूले गरेको कार्यलाई कतै नढाँटी प्रस्तुत गरेका छन् । एउटै ग्यास स्टेशनमा काम गर्ने मुस्लिम विद्वान् र म पात्र हिन्दू विद्वान्बीचको घनघोर शास्त्रार्थ यस कृतिलाई अध्ययन गरेपछि फ्रेन्च वैज्ञानिक (पछि भिक्षु बनेका) म्याथुरिका र उनका बाबु जाँ फ्राँ स्वाँ हवेल (दार्शनिक) बीच भएको बहसमा आधारित हालसम्म चौबीस भाषामा प्रकाशित भइसकेको र उत्कृष्ट विक्री पुरस्कृत कृति The Monk and Philosopher भिक्षु र दार्शनिक मेरो मनमस्तिष्कबाट ओझेल पर्यो । प्राचीन हिन्दूधर्म र त्यसपश्चात् प्रादुर्भाव भएका पछिल्ला धर्मसम्बन्धी बोद्धव्य विषयवस्तुहरू कृतिमा सङ्गृहीत छन् । दुई विपरित धार्मिक नियम आचरण अँगालेका विद्वान् पात्रहरूको शास्त्रार्थमा कहाँ, कति बेला, को, कुन धर्मप्रति नतमस्तक हुन्छन् ? अथदेखि इतिसम्म जिज्ञासमूलक यो कृति अत्यन्त पठनीय रहेको छ ।
–
सम्पादक
उपग्रह (satellite) को यस कलियुगमा विकाश र विनाशमा तादम्यता मिलाउँदा मिलाउँदै चोलाको अवसान हुने स्थितिको सिर्जना हुन्छ । मानिस जब जीवनको अन्तिम किनारमा पुग्छ तब ऊ अध्यात्मज्योतिमार्फत जीवन नौका पार गर्न लालायित हुन्छ । छोटो समयमा ‘क, ख सम्म पनि जान्न पाइयो भने एक प्रकारको शीतल अनुभव गर्न थाल्छ । दृष्टिविहीनले वर्णन गरेको आधारमा हात्तीको परिकल्पना गरेझैँ मार्क्सवाद पढेर हामी धर्मको व्याख्या गर्ने भयौँ र सगौरव त्यसको व्याख्याता बन्यौँ । हामीले हाम्रो धर्म र संस्कृतिमाथि अन्धविश्वासको ठप्पा लगायौं । यो कति उचित कति उनुचित ? समयले आफैँ मूल्याङ्कन गर्ला ।
Ahoratra – Khem Nath Dahal
Reviews
There are no reviews yet