धरतीमा पहिलो पटक कसले गायो होला गीत ? खोलाले कि चराहरूले ? कि सूर्यले आफ्नै कक्ष वरिपरि घुम्दा घुम्दै जन्मेको अनाहत नादको स्पर्शले धरतीमा ब्यूँझियो होला गीत ?
आदिम मान्छेले गीत गुनगुनायो कि गुनगुनाएन होला ? सायद यकिनका साथ भन्न सकिन्न । तर सृष्टिको पहिलो बिहान देखि नै खोलाले गीत गाएको हुनुपर्छ । भन्छन् महादेवको डमरु पहिलो बाजा हो । तर त्यो भन्दा अघि नै खोलाले आफ्नै प्रवाहमा भेट्यो होला पहिलो धून । यो पृष्ठभूमि जीवनको प्रारम्भसँगै गीत संगीत जोडिएको हुनुपर्छ भनेर जोडेको हुँ
गीत कस्तो हुनुपर्छ भनेर परिभाषित गर्ने सामर्थ्य राख्दिनँ । तर गीत यस्तो भइदिए हुन्थ्यो भन्ने सोचको सानो छेस्का छ मभित्र पनि । गीत भन्नासाथ सुनिने कुरा हो भन्ने लाग्छ । गीत पढिने कुरा पनि हो । गीत रचनाकै क्रममा त्यसभित्र लय अन्तर्निहित हुनुपर्छ भन्ने मान्यता राख्छु । गीत छोइने हुनुपर्छ भन्नेमा को असमहत होला र ? गीतकार गायत्री श्रेष्ठको प्रस्तुत गीतसंग्रह मेरो गीतको कसीमा खरो उत्रिएको मैले पाएको छु । मेरो सौभाग्य नाताले उहाँ मेरो काकी हुनुहुन्छ । प्रस्तुत संग्रहका गीतहरू विविध भावधारामा लेखिएका छन् । सरल छन् । सहज छन् र स्पर्श सामर्थ्य सहित छन् । प्रस्तुत गीत संग्रह नेपाली गीति जगत्का लागि एक प्राप्ति बन्नेछ भन्नेमा म विश्वस्त छु । मेरो हार्दिक शुभकामना ।
तीर्थ श्रेष्ठ
पोखरा
निबन्ध नियात्रा र समालोचना विधामा कलम चलाइरहेकी गायत्री श्रेष्ठ समकालीन नेपाली गीतिक्षेत्रकी समेत परिचित स्रष्टा हुन् । उनका गीतमा जीवनको सौन्दर्य, प्रणयपरक रागात्मक चेतना, सामाजिक तथा पारिवारिक भोगाइका विविध यथार्थ र वैयक्तिक जीवनका अनेक ऊहापोहको अभिव्यक्ति पाइन्छ । देश, प्रकृति, संस्कृति र आफैभित्रका विराट् अनुभूतिबाट पनि उनका गीतहरू सिर्जिएका छन् । गीत गेय विधा हो र यस दृष्टिले उनका गीत प्रभावी छन् । भावसौन्दर्य र लयसौन्दर्य दुवैको समन्वित संयोजनबाट निर्मित उनका गीतहरू हृदयका झङ्कार र स्पन्दन हुन् ।
Afnai Mannko Sagarma – Gayatri Shrestha
Afnai Mannko Sagarma – Gayatri Shrestha
आफ्नै मनको सागरमा– गायत्री श्रेष्ठ
₨175
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet