काङमाङ नरेश राई ‘युद्ध साहित्य’ लेख्छन् । ‘युद्ध बोकेको सिताङ (२०६८)’ उपन्यासबाट आख्यान लेखनमा दरिलो उपस्थिति जनाएका काङमाङको ‘खुकुरीको धारमा (२०७१) लाहुरेहरूको युद्धकथा कृति ‘फियरलेस वरिवर (सन् २०१५)’ भएर अनुदित अङ्ग्रेजी संस्करणमा * बेलायतको प्रकाशन गृह ओलम्पियाबाट प्रकाशित छ ।
सिर्जनात्मक हिसाबले ‘एघार नोभेम्बर’ काङमाङ नरेशको सातौं कृति हो । खासगरी आर्थिक जीवनको उन्नत सपना बोकेर ‘लाहुरे’ भएका नेपाली युवाहरू विश्वका त्यस्ता ठाउँहरूमा पुगेर कुनै पनि दुश्मनी नभएका मान्छेहरूसित युद्ध गर्न बाध्य भए । सैन्य अनुशासन वा युद्धको नियमले लड्नै पर्ने भयो । जो जो मृत्युको नजिकै पुगेर बालबाल फर्किए, तिनको यथार्थता कठोर छ, विक्षिप्तको छ । झट्ट हेर्दा देखिने लाहुरे शानको अन्तर्य कहिनसक्नु र सहिनसक्नुको छ । विश्वमा ‘गोर्खाली गौरव’ र नेपाली समाजमा ‘लाहुरे लय’को जुन साख देखिन्छ त्यो पल्टनमा, युद्धमा बेहालतको छ । युद्धहरूकै कारण लाहुरेहरूका परिवारले भोग्नुपर्ने पीडा, आफन्तले पाउने चोट वा गुमाउनु परेको आफ्नै उर्बर उमेर यी सबैको हिसाबकिताब मिलेको छँदै छैन । न्यायबिहीन छ । काङमाङ नरेशले यिनै पीडाहरूलाई कलात्मक, नयाँ कथन शैलीका साथ तिख्खरतापूर्वक लेखेका छन्- ‘एघार नोभेम्बर’मा । नेपाली साहित्यका लागि यो अब्बल कथाकृति हो । ‘आख्यान’ हो तर ‘यथार्थ’को आख्यान हो ।
Aeghara November – Kanman Naresha Rai
Aeghara November – Kanman Naresha Rai
एघारा नोभेम्बर – कानमन नरेश राई
- Aeghara November
- Kanman Naresha Rai
- Phoenix Books
- Nepali
- 172 pages
₨250
Availability: 2 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet