यस पुस्तकभित्र वि. सं. १९१० मा भानुभक्तलाई सरकारले पक्राउ गर्यो । उनी आफूले कुनै अपराध, कसुर गरेर पक्राउ परेका चाहिँ होइनन् । उनका पिता खरिदार धनञ्जय आफू पाल्पामा जागिरे हुँदा नै मृत्यु भएकाले केही हिसाबकिताबको फछ्यौट गर्न बाँकी रहेछ । त्यसैलाई माध्यम बनाएर पछि भानुभक्तलाई पक्रियो। भानुभक्त जेल परेका हुन् तर कुन कसुरमा परेका हुन् भन्ने विषयमा विद्वानहरुको एक मत छैन। राणाकालमा बाजे-बाबुले गरेको कसुर छोरानातिले भोग्नुपर्ने चलन थियो । त्यसैको फन्दामा कविजी परे। यो पक्राउ पनि लाभदायक नै सावित भयो। कवि भानुभक्तको प्रतिभा काठमाडौं-कुमारी चोक अड्डामा पक्राउ परेर बस्दा झन् धेरै उर्लियो । फलतः सम्पूर्ण रामायणको रचना त्यही पूरा गर्न भ्याए । रामायणका बाँकी केही काण्डहरुको रचना जेल जीवन र उत्तर काण्डको रचना चाहिँ वि.सं. १९१८ तिर मात्रै पूरा गरेका थिए। भानुभक्त जेलमा बस्नुपरेको सम्बन्धमा मोतीरामले यिनको जागिरको प्रसङ्गमा यसरी लेखेको पाइन्छ, “विक्रमीय सम्वत् १९०७ सालका मासमा मदेशको जागिर पाई गये तर भानुभक्त कवि ऐ १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल कुमारी चोकमा आई कागत्पत्र आफूले २ वर्ष काम गरेको खर्चा आम्दानी समेत्को स्याह बुझाउँदा केही बाँकी सारिया लागेछ र पाँच मैन्हासम्म कुमारीचोकमा थुनिएछन् ।” भानुभक्तको देहावसान ५० वर्षकै उमेरमा वि.सं. १९२५ आश्विन शुक्ल नवरात्र-पञ्चमीका दिन भयो। भानुभक्तले रामायण ग्रन्थलाई नै नेपाली भाषा साहित्यमा किन ल्याएका होलान् । यस प्रकारका अन्य संस्कृत ग्रन्थ पनि त थिए। रामायणकै आधारमा भानुभक्तीय रामायण तयार गर्ने प्रेरणा कसरी प्राप्त भयो होला भन्ने बारेमा केही छलफल र विचार प्रस्तुत गरिएको छ। |
Adhikabi Bhanubhaktako Ramayan – Adikabi Bhanubhaktta Acharya
Reviews
There are no reviews yet.