Abishrant Lakharlakhar – Udaya Adhikari

अविश्रान्त लखरलखर– उदय अधिकारी

400

Availability: 5 in stock

SKU: Abishrant Lakharlakhar Categories: , Tags: ,

यसै पुस्तिकाबाट
मेरा यी यावत् कर्म यी थरीथरीका पीडितजनउपर गरिएका कृपा होइनन् । मेरा यी कर्म कसैको हुकुम वा अह्ननखटनबाट निर्देशित होइनन् । यी सब मेरो आफ्नै विवेकको आदेशबाट निर्देशित हुन् । जीवनको रङ्गमञ्चमा म जे छु, म यस्तो बन्नुमा यी सबै पीडितहरूको एक न एक प्रकारको प्रत्यक्ष वा परोक्ष हात छ । कसैको भौतिक सहयोगको हात होला, कसैको भावनात्मक शुभेच्छाको हात होला, कसैको मङ्गलकामनाको हात होला । जीवनयात्रामा यी कसैले मलाई टुकुटुकु डोऱ्याए होलान्, कसैले मलाई गाँस काटेर खुवाए होलान् । कसैले मलाई आफ्ना भागको अवसर दिए होलान्, कसैले मलाई आफ्नो आयु काटेर दिए होलान् । कसैले जोखिमपूर्ण जीवनपथका खाल्डामाथि आफ्ना ज्यानको फड्के हालेर मलाई तारिदिए होलान्, कसैले मुत्युछेवैको भयावह खतराबाट मलाई बचाए होलान् । जीवनमा म जस्तो छु, यी यावत् जनको भौतिक र आत्मिक साथ र हात एवम् शुभेच्छा र सद्भावले गर्दा नै त म यस्तो छु । जीवनमा शिक्षा र स्वास्थ्य, पहिचान र प्रतिष्ठा एवम् सम्मान र गरिमाका लागि जति अवसर र सुविधा मैल पाएँ, ती अवसर र सुविधाबाट मेरै वरिपरिका कतिकति मानिस वञ्चित छन् । यी सकल पीडित र वञ्चित जनको न्यायको पक्षमा सडकमा यदाकदाको लखरलखर मेरो सामाजिक र नैतिक कर्तव्य हो । जनजनको देखिने र नदेखिने गुनको केवल सानो पैंचो तिराइ हो यो ।

Abishrant Lakharlakhar – Udaya Adhikari

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon