शताब्दिऔं बितेपछि भारतवर्षमा अनेक राजवंशको उत्थान र पतनपछि वि.सं. १७१६ मा (सन् १६५९, १५ मई) औरङ्गजेब मयूर सिंहासनमा बसे अर्थात् बादशाह भए | उग्र धर्मान्धताको कारण उनले सारा हिन्दुहरुलाइ जबरजस्त मुसलमान बनाउन थाले । आफ्नो शिखा र सूत्र जोगाउनको लागि केही तिवारीहरु भागेर उत्तराखण्ड र पहाड कुमाउमा आएर बसे । पहाडी भूमी, खेतीपाती द्वारा आफ्नो जीवन निर्वाह गरेर रहेकै थिए | अन्दाजी वि.सं. १७७० तिर प्रयागदास तिवारी र उनका दुवै धर्मपत्नी पनि परलोक भएका हुनाले उनीहरुका एक एक बालक छोरा श्रीनाथ तिवारी र शिरोमणि तिवारी निराधार, निरालंव हुन गए । यिनीहरुको यस्तो दुर्दशा भएको थाहा पाएर पाँडे र कमलीले आफ्ना आफ्ना भानिजलाइ पश्चिम नेपाल, लमजुङ, माङदीको काख चितीमा ल्याएर राखिदिए । यस्तो प्रकारले तिवारीहरुको पुन: नेपालभित्र प्रवेश भयो । (यसै पुस्तकबाट)
Aatma Jeewani – Bhimnidhi Tiwari
Aatma Jeewani – Bhimnidhi Tiwari
आत्मा जीवन – भीमनिधि तिवारी
₨400
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet