Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Aankhijhyalbat Nepalko Rajniti Bhag 2 – Mahendra Parajuli
₨1,095.00
Availability: 5 in stock
समकालीन राजनीतिमा घटेका महत्त्वपूर्ण घटना अनि चर्चित प्रसङ्ग समेटेर इन्जिनियर महेन्द्र पराजुलीले लेखेव ‘आँखीझ्यालबाट नेपालको राजनीति, भाग-२’ पुस्तक ऐतिहासिक समष्टि दस्तावेजको रूपमा रहेको छ। लेखकको भाग-१ पुस्तक पनि गम्भीर, अध्ययन लायक र सङ्ग्रह योग्य रहेको छ। त्यसमा समकालीन नेपालको राजनीतिको मोटामोटी इतिहासको बयान दिने प्रयत्न गरीएको छ। त्यसैले ऐतिहासिक अध्ययनका दृष्टिले त्यो महत्त्वपूर्ण पुस्तक बन्न गएको छ। अब पाठकहरूका सामु भाग-२ आएको छ। यसमा समावेश गरीएका सामग्री र चलाइएका बहसले नेपालको एउटा कालखण्डको राजनीतिक परिस्थितिलाई बुझ्नका लागि धेरै मद्दत पुयाउने कुरा स्पष्ट छ। त्यसैले या पुस्तकको पनि राजनीतिक र ऐतिहासिक दुवै प्रकारले महत्त्व रहेको छ।
मोहनविक्रम सिंह
पेशाले इन्जिनियर । राजनीतिमा पूर्ण लोकतन्त्रप्रति प्रतिबद्ध । शहीद परिवारको सदस्य। लामो समयसम्म राष्ट्रसेवक कर्मचारी। निष्ठाका साथ कर्ममा विश्वास । परिचयको श्रृङ्खला निकै अग्लो हुन सक्छ। छोटो शब्दमा महेन्द्रप्रसाद पराजुली। अहिले इतिहास र वर्तमानको अध्येता र भविष्यका लागि मार्ग खोज्न तल्लीन लेखक। पत्रपत्रिकामा आफ्नो विचार कहिले शालीनतापूर्वक र रचनात्मकताका साथ, कहिले असाध्य आक्रामकताले पूर्ण पोखिरहने महेन्द्र पराजुलीको कृतिगत सङ्ग्रह भाग १-२ दुवै हो । एक प्रकारले कोमल मनको भावनालाई व्यक्त गर्ने शब्द र अर्कातिर कठोर राजनीतिको मैलोलाई उधिन्ने शब्दसंयोजन । विचित्रको समन्वय छ पराजुलीमा।
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.