० बच्चा धेरै जिद्दी छ । काखमा लिएन भने रून्छ । जबसम्म काखमा लिइँदैन, तबसम्म चुप लाग्दैन । बाटामा हिँड्दाहिँड्दै बोक्नुपर्छ । जुन कुरा मागेर जिद्दी गर्छ, त्यो कुरा छोड्दै छोड्दैन । त्यसबेलासम्म रोइरहन्छ, जबसम्म उसको जिद्दी पूरा गरिँदैन । त्यस्तो अवस्थामा मैले के गर्नुपर्छ ?
• मेरो बुबाले मलाई पिट्नुहुन्छ । म पढ्न चाहन्नँ तर मलाई जबर्जस्ती पढाउनुहुन्छ । म जुन पढ्न सक्दिनँ, त्यो मलाई कुटपिट गरेर गर्न लगाइन्छ । यसका लागि केही समाधान होला ?
० बच्चाले सबैलाई तँ तँ भनेर बोलाउँछ । हामी त उसलाई आदरपूर्वक बोलाउँछौं तर आफन्तले त्यसो गर्दैनन् । त्यस कारण बच्चाले अरूलाई बोलाउँदा तँ भन्न छोड्दैन, यसलाई के गर्ने ?
Aamabawuka Prashna – Gijubhai
Jaga Dahal (verified) –
Brand new