मैले आफ्ना विभिन्न अन्तर्वार्ता र लेखहरूमा म आधुनिकतावादी हुँ भनेर स्वीकार गरेको छु, अहिले फेरि त्यही कुरो दोहोऱ्याउँछु । मेरो आधुनिकता युरोपेली आधुनिकताको अन्धो अनुकरण नभएर त्यो स्थानिक यथार्थमा आधारित छ भन्ने कुरो पनि मैले पटकपटक स्पष्ट पारेको छु । स्थानिक परिवेशबाट अनुकूलित मेरो आधुनिकता तार्किकता, विद्रोह, लौकिकता, अपारम्परिकता र नवप्रयोगका प्रवृत्तिहरू टडकारै देख्न सकिन्छ । आधुनिकतावादका विरोधमा होइन । त्यसका निरन्तरतामा विकसित उत्तरआधुनिकता पनि मेरो चिन्तन तथा सिर्जनाको प्रवृत्ति बनेको छ । अशाश्वतता, बहुलता, केन्द्रभञ्जन, अनिर्धारण, प्रौद्योगिक संस्कृति र मानवीय बिरानोपनको नेपाली संस्करण मेरो उत्तरआधुनिकता हो । ….
प्रा. मोहनराज शर्मा
परम्पराले गे र लेज्बिअनलाई प्रकृति विरूद्ध, धर्म र कानुन विरूद्ध, देखेर उनीहरूलाई अन्त्यमा सृष्टिसंहारक नै हुन् भन्ने ठान्दछ । हाम्रा सम्पूर्ण संस्थाले विषमलैङ्गिकता मात्रै प्राकृतिक र स्वाभाविक हो भन्ने कुराले मस्तिष्कमा छाप पारेको छ । समलिङ्गीहरू पनि अति अल्पसङ्ख्यक भएकाले यस्ता भिन्नहरूका मनोजगत् बारे कसैलाई ज्ञान हुँदैन, त्यसकारण दमित चेतना र प्रतिबन्धित अवधारणा लिएर लेख्ने बोल्नेहरू पनि भर्खर प्रकट हुँदै छन् । त्यसरी प्रकट हुनु यहाँ मात्र होइन, पाश्चात्य जगत्मा पनि समाचार बन्न सक्छ ।
Aakhyanma Tesrolaingik Charitra – Deepak Prasad Dhakal
Reviews
There are no reviews yet