Aakash Odheko Dolpo – Bhawani Khatiwada

आकाश ओढेको डोल्पो– भवानी खतिवडा

450

Availability: 5 in stock

SKU: Aakash Odheko Dolpo Categories: , Tags: ,

गाह्रो छ नि नारीवर्गलाई साहसिक यात्रामा हिँड्न तर यी यात्रीका पाइताला रोकिएका छैनन् । उनी सगरमाथा बेसक्याम्पतिर जान्छिन् बाटामै नीमा भेटिन्छिन्, आफ्नै अद्भुत जीवन कहानी लिएर । यहाँ डोल्पा भ्रमणमा भेटिन्छन् पदम बा र उनकी बुहारी अस्मिता । संयोग पनि अचम्म लाग्ने, तिनले पाठकलाई संवेद्य बनाइदिन्छन् । यो नियात्रा पढेर डोल्पा यात्रा गर्ने कसैले पनि पदम बा र अस्मितालाई अवश्य खोज्छन् । भाषामा जादू भर्ने कला त भवानीसँग सिके हुन्छ । शे-फोक्सुण्डोको अलौकिक वर्णन, त्यसमाथि ठाउँठाउँमा कविता र गीतका गहनाले चिटिक्कै पारेकी छिन् भवानीले, यो आकाश ओढेको डोल्पोलाई ।
भुवनहरि सिग्देल
भवानी शब्दकी जादूगर हुन् । उनको लेखनीमा जताततै जादूगरीको सुन्दरता पोखिएको पाइन्छ । घामभन्दा पहिले (२०७८), चारखोलाको आँगनीमा (२०७९) वा आकाश ओढेको डोल्पो (२०८०) जुन कृति पढे पनि उनको यही विशेषता देख्न सक्नुहुनेछ ।
प्रतीक ढकाल
भवानी खतिवडाका पाइतालामा रहर, आँट र उत्साहले चक्र कुँदेको छ भन्दा अत्युक्ति हुने ठाउँ देख्दिनँ । जेजे दुष्कर, अभेद्य र जोखिमपूर्ण देखिन्छ, यही नै उनको गन्तव्य भइदिन्छ । जुन समय र मौसम प्रतिकूल लाग्छ, त्यही उनको छनोटमा परिदिन्छ । यी दृढनिश्चयी पथिकका मनमा गुनासो कहिल्यै वास बसेको देखिँदैन । डोल्पाको भ्रमणमा बाटैभरि भूगोल, कृषिबाली र कविताका झङ्कारसँगै हिँड्ने/हिँडाउने यी शब्दमल्लिका डोल्पाका दुर्गम टाकुरा, भीरपाखा, झरना र तालहरूमा आनन्दका रङ भेट्टाउँछिन् र बादलले धरतीमाथि बर्सातका छिटा छरेझैँ खुशी छर्छिन् । धरती, प्रकृति र पौरखीप्रति सदा शिरनत रहने यी स्रष्टाको सौन्दर्यचेतको सिमाना कतै पनि देखिँदैन ।
नियात्रा

Aakash Odheko Dolpo – Bhawani Khatiwada

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon