आफ्नो वार्डमा फर्किएर आरतीले कपडा लगाइन् । आज छुट्ने माओवादी (आस्थाका बन्दी) हरू तयारी अवस्थामा थिए। सबै राजनीतिक बन्दीहरूमा खुसी, हर्षोल्लास छाएको थियो । मनले सधैँ स्वतन्त्रता चाहँदो रहेछ, सबै जना त्यो बन्द संसारबाट मुक्त हुन चाहन्छन् तर सबैका पाइलाहरू रोकिएका छन् अपराध, बाध्यता र परिबन्दले । आखिर आफ्नो खुसी, स्वतन्त्रता को चाहँदैन ?…
अरूसँग मुक्ति, आन्दोलन, सङ्घर्षका चर्काचर्का कुरा गर्ने सीता आरतीसँग माया, प्रेम, सपनाको कुरा गर्छिन् । अमनप्रतिको एकनिष्ठतामा आरतीले सीतालाई समर्पण, विश्वास के हो चिनाइदिइन् । सीताले आरतीलाई अँगालिन् सायद बिछोडको पीडा लुकेछ त्यो अँगालोभित्र, आँखामा आँसु टिलपिल भएर छचल्कियो…
आरतीलाई कस्तोकस्तो नरमाइलो लागेर आयो । जेलको भित्ता, त्यो अम्बाको रूख, त्यहाँभित्रको हल्ला, झगडा, पीडा मुटुभित्र दुखेजस्तै भयो । दुई वर्षभन्दा लामो समयसम्म आफ्नो साथी भएर बसेका ती निर्जीव भित्ता र पर्खाल, फलामका गेट, डन्डीहरूको बिघ्नै माया लागेर आयो । विशेषतः अम्बाको रूख, उनलाई लाग्यो यो अम्बालाई पनि लैजान पाए… कति दिन उनी त्यही अम्बाको सामु गएर बस्थिन्, आरतीलाई अभिन्न साथीजस्तो लाग्थ्यो त्यो झापा जेलमा भएको अम्बाको रूख । महिला वार्डको गेटबाट सबैसँग बिदा मागिन् आरतीले । एकछिन त शून्य लाग्यो आरतीलाई ।
Aafnopan – Tara Rai
Best Seller
Aafnopan – Tara Rai
आफ्नोपन– तारा राई
₨350
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet