21 Aau Shatabdima Nigarani Ra Swotantrata – Rohej Khatiwada

एकाईसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता– रोहेज खतीवडा

449

Availability: 5 in stock

SKU: 21 Aau Shatabdima Nigarani Ra Swotantrata Categories: , Tag:

एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका प्रमुख विशेषता सन् २०२० को कोभिड महामारी, अमेरिकी वर्चस्वको अन्त्य, बहुध्रुवीय विश्वको उदय, फासीवादको वर्चस्व र पुँजीवादी अर्थप्रणालीमा संकटका रूपमा देखापर्छ । यद्यपि, यसको सबैभन्दा महत्त्वपूर्ण पाटो विज्ञान र प्रविधि, खासगरी सूचना प्रविधिको विकासमा देखापर्छ । सूचना प्रविधिसम्बन्धी ठूला कम्पनीको स्वामित्व लिने मार्क जुकरबर्ग, जेफ बेजोस, ज्याक मा, एलन मस्क जस्ता मानिसहरू संसारका नयाँ धनाढ्य बनेका छन्, उनीहरूको सम्पत्ति यसरी बढिरहेको छ कि उद्योग वा इन्जिनका मालिकहरूले त्यो कुरा कल्पना पनि गर्न सकिरहेका छैनन् । अर्कातिर, उनीहरूले ट्रिलियन डलर सम्पत्ति नियन्त्रण गरिरहँदा संसारभरका ९९ प्रतिशत मानिसहरूको स्वामित्वमा एक प्रतिशतभन्दा कम सम्पत्ति छ । यो असमानता र प्रतिस्पर्धाविहीन बजारले पुरानो सामन्तवादी चरित्र बोकेको छ र यसलाई संरक्षण गर्न अनिवार्य रूपले फासीवादी र अधिनायकवादी चरित्रको शासन आवश्यक हुन्छ । त्यसैले, आजको समय डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीसँग आम मानिसको स्वतन्त्रताको संघर्षको समय हो ।

21 Aau Shatabdima Nigarani Ra Swotantrata – Rohej Khatiwada

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon