1986 Baas Harayepachi – Babita Maden

१९८६ बास हराएपछि– बबिता मादेन

250

Out of stock

Restock Email Notification

SKU: 1986 Baas Harayepachi Categories: , Tag:

बुद्धिजीवीहरूले आफ्नो वकालत पनि दलीय वा संस्थागत फाइदाका निम्ति मात्र गर्ने परम्परा राजनीतिमा हाबी भएपछि भारतीय नेपाली समाजको अन्तरविरोध सहतमा आउन सकेन । बौद्धिक अभ्यासको कमीले राजनीतिक, सामाजिक, सांस्कृतिक विचलनहरू जसरी हुर्किए, त्यसले सबैभन्दा ठूलो चोट यहाँको सामाजिक क्षेत्रमा पारेको छ । दार्जीलिङको राजनीतिले सानोतिनो महत्त्वाकाङ्क्षा पूरा गर्न पनि जनाकाङ्क्षालाई जब ‘माल’का रूपमा प्रयोग गर्यो, यहाँको राजनीतिक समाज विचलित भयो । यसले सपनालाई कुठराघात गयो । मूल्यहरू नष्ट भए । आर्थिक रूपले समाज पछाडि मात्रै धकेलिएन, भ्रष्टीकरणले पनि पश्रय पायो । यसैले छुट्टै राज्यको मागसहित चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई असफलतातिर लग्यो ।
अहिले पनि दार्जीलिङमा बोल्न निषेधजस्तै छ । बोल्नेले कमजोर राजनीतिलाई सतहमा ल्याइदेलान् र सत्ताभोगबाट वञ्चित हुनुपर्ला भन्ने भयकै कारण सत्ता नेतृत्व राजनीतिक आवाज दबाउनेतिरै लागेको छ । यसैबीच पनि जोखिम मोलेर केही बौद्धिकहरूले ‘पब्लिक इन्टिलेक्चुवल’ को भूमिका निर्वाह गरिरहेका छन् । त्यसैको एक उदाहरण हुन्- बबिता मादेन । उनले यस किताबमा दार्जीलिङका स-साना भौंप्वालहरू इङ्गित गरेकी छन् । दार्जीलिङको अन्तरविरोधलाई एक शिराबाट बुझ्न यस किताबले अवश्य सहयोग पुऱ्याउने छ ।
1986 Baas Harayepachi – Babita Maden

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon